इनरुवा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई सुनसरी दक्षीण क्षेत्रका किसानहरुले धन्यबाद दिएका छन । बर्षो देखी खेतीयोग्य जमीन सिचाई अभावको कारणले बाँझो रहदै आएको जमीनमा कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरीले डिपबोरीङ्गको उद्घाटन गरे पछी किसानहरु खुशीयाली मनाउदै रमाएका थिए ।

यहाँका किसानहरु आकासे पानीको भरमा एक बाली मात्रै उब्जाउदै आएका थिए तर अब सिचाइको व्यवस्था भएकोले तीन देखी चार बाली सम्म लिन सकिने स्थानीय किसानहरुले बताए । झन्डै एक करोड माथिको लगानीमा बनाईएको डीपबोरीङ्गले सयौं बिघा जमीन सिचाई गर्ने जनाईएको छ। यो क्षेत्रमा तीन वटा डिपबोरीङ्ग गरिएको छ। राज्य मन्त्री चौधरीले कार्यक्रममा सहभागी किसानहरुलाइ संबोधन गर्दै कृषि उत्पादन तिब्रतामा बढाउनु पर्ने बताए ।

युवा शक्ति बिदेशीएको कारणले खेती योग्य जमीन बाझो रहने र उत्पादनमा ह्रास आएको मन्त्री चौधरीले बताइन । आयातमुखी बन्दै गएको नेपाली समाजलाई आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन सरकारको मुख्य चुनौती रहेको राज्य मन्त्री चौधरीले बताइन । युवाहरुलाइ कृषि क्षेत्रमा आकर्षक बढाउन बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने बताइन। १००० युवाहरूलाई निश्चित अनुदानको व्यवस्था गरि कृषि क्षेत्रमा लगाउने योजना रहेको राज्य मन्त्री चौधरीले बताइन। कार्यक्रममा नेकपाका सुनसरी अध्यक्ष पप्पु मंडल, राम प्रसाद मेहता, प्रशुराम यादवले मनतव्य राखेका थिए। स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया