इटहरी। इटहरीका मेयर द्वारीकलाल चौधरीले विद्यालय परीसरमा हतियार धारी प्रहरी र डोजर लिएर गएपछी बालबालीकामा मनोबैज्ञानीक असर परेको छ। इटहरी उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको डिभिएम स्कुललाई बिना सुचना स्कुल सञ्चालन भइ रहेको अवस्थामा उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा बिद्यालय भतकाउन पुगेको बिषयलाई लिएर बिद्यार्थीमा मानसिक असर परेको बिद्यार्थीहरुले बताएका छन् ।

शान्ति क्षेत्र बिद्यालयमा स्थानिय सरकारका जिम्मेवार व्यक्ति आफै अशान्त वातावरण निमार्ण गर्न थाले पछि बिद्यालयमा अभिभावकहरुले बिद्यार्थी पठाउन असहज भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । व्यक्तिगत स्वार्थकोलागी बिद्यालयलाई दुख दिन खोजेको अभिभावकहरुले बताएका छन् भने, बिद्यार्थीहरु बिद्यालयमा पढने वातावरण नभएको भन्दै त्रासमा बस्दै आएका छन् ।
एैलानि जग्गामा बिद्यालय निमार्ण भएको भन्दै पटकपटक इटहरीका प्रमुख चौधरीले बिद्यालयलाई दुख दिने गरेका छन् ।

नया शैक्षिक सत्र सुरु भएसंगै चौधरीले बिद्यालय भत्काउने भन्दै बिद्यालय संचालकहरुलाई बताउदै आएका थिए । बिद्यालय जस्तो क्षेत्रमा ससना बालबालीकाहरु अध्ययन गर्ने ठाउमा त्रास फैल्याउने काम गर्नु निन्दनिय भएको स्थानियहरुले बताए छन्। कुनै युद्ध भुमिको झल्को दिने गरि हातहतियार सहित प्रहरी र डोजर लिएर बिद्यालयमा प्रवेश गरेर बिद्यार्थीहरुको मानशिक्तामा त्रास फैल्याउने काम नगरका प्रमुखले गर्नु खेद जनक भएको भन्दै बिद्यालयले बिज्ञप्ती सार्वजनिक गरेको छ ।

इटहरी उपमहानगरपालीकाले स्कुललाई चार वटा बिकल्प प्रस्तुत गरेकोमा बिद्यालयको तर्फबाट थप दुई दिनको समय माग भएको थियो । बिद्यालय व्यवस्थापन पक्ष र नगरपालीका बिच भएको छलफल पश्च्यात कुनै एउटा बिषयमा सहमति नजिक पुगेको पनि थियो । तर सहमतिलाई बेवास्था गर्दै मेयर चौधरीले सन्किको भरमा बिद्यालय सञ्चालन भई रहेको अवस्थामा एकल निर्णय गर्दै बिद्यालय भत्काउन प्रहरी र नगर प्रहरी लिएर पुगेका थिए ।

इटहरीका प्रमुख द्धारिकलाल चौधरी मेयरमा बिजयी भएसंगै इटहरीको सार्वजनिक जग्गा खोज्ने अभियान सञ्चालन गरेका थिए । मेयरको यो घोषणा संगै नगरवासिले स्वागत योग्य निर्णय भएको पनि बताएका थिए । तर मेयरले अन्य स्थानमा भएको सार्वजनिक जग्गाको बिषयमा केहि नबोल्ने तर सुनियजित ढंगबाट डिभिएमलाई मात्र दुख दिन खोजेको बिद्यालयले आरोप लगाएको छ । जग्गाको विबाद छलफलबाट पनि समाधान गर्न सकिने बिषयलाई मेयरले शान्ति क्षेत्र बिद्यालयलाई त्रासित बनाउदै बिद्यार्थीहरुलाई मानसिक तनाव दिनु नराम्रो भएको बिद्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia