सुनसरीको इनरुवामा आज सम्पन्न दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधी झापाले जितेको छ ।
शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो ।

महेन्द्रचोकमा सम्पन्न खेलमा झापाले शिखर शुज इटहरी सोझो सेटमा पराजित गरेको हो ।
सुरुवाती तीन सेट जितेको झापाले शिखर शुज विरुद्ध २५–२८,२५–१७ र २५–२२ को स्कोरमा नतिजा आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगिताको बिजेता बनेसँगै झापाले शिल्ड र प्रमाण पत्र सहित नगद एक लाख पुरस्कार हात पारेको छ भने उपबिजेता भनेको शिखर शुजले शिल्ड सहित नगद ५० हजार प्राप्त गरेको छ ।


बिजेता टोली तथा खेलाडीहरुलाई प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षि दलका नेता राजिब कोइराला र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए।


यसैबिच सोही खेलमा उत्कृष्ट दर्शकलाई समेत सम्मान गरिएको छ । खेल अवधीभरको मुल्यांकनमा आधारमा उत्कृष्ठ दर्शक ठहरिएका इटहरी घर भई इनरुवामा अध्यापन गराउँदै आएका शिक्षक कृष्णप्रसाद ढकाललाई नगद ५ हजार सहित सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष सुभास राईले बताए ।

तपाईको प्रतिक्रिया