- गोबिन्द बस्नेत

धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नंम्बर ५ साउनेमा रहेको जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको हो । गोली प्रहारबाट कर्मचारी शम्भु गच्छदार घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गच्छदारसँग भएको ४ लाख नगद समेत लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । एसपी अधिकारी अहिले धरान आइरहेका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने सहितको टोली गएको छ ।

घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको छ । ’गोली चलाएको भन्ने अपुष्ट खबर आएको थियो । कुहिनामा चोट लागेको भन्ने छ । घटनामा डिएसपी सापको टोली गएको छ, म आफै पनि धरान आउदैछुँ,’उनले टेलिफोन सम्पर्कमा भनेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia