सुनसरीका एसपी राजन अधिकारीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रहरी उपरीक्षकहरुको सरुवाको सूचिमा सुनसरीका प्रहरी प्रमुख रहेका अधिकारी २७औं नम्वरमा रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले देशभरका ४५ जना प्रहरी उपरीक्षकको सरुवा निकालेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सरुवा भएका अधिकारीको नयाँ दरबन्दी प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन ईकाइ नक्साल काठमाण्डौं कायम गरिएको छ ।
सुनसरीमा भने नयाँ एसपीका रुपमा यज्ञ बिनोद पोखरेल आउने भएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल काठमाण्डौंबाट प्रहरी प्रमुखका रुपमा सुनसरी आउन लागेका हुन् ।

सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन्। सरुवा सूचिअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकारी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे र तनहुँमा विनोद सिलवालको सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia