- अमर काफ्ले

पछिल्लो समय खेलकुद हबका रुपमा परिचित बन्दै गएको इनरुवा नगरपालिकामा एकपछि अर्को खेलहरु संचालन भैरहेका छन् ।

विशेषतः इनरुवामा क्रिकेट फर्मेटका राष्ट्रिय स्तरका प्रतियोगिताहरु भैसकेका छन् । रात्रिकालीन टी टेन क्रिकेट जारी रहेको इनरुवा खेल मैदानमा लगत्तै रात्रिकालीन फुटबल आयोजना हुँदैछ ।

रातीको समयमा खेलाइने खेलमा दर्शकको रुची बढ्ने क्रमसँगै इनरुवामा एकपछि अर्को रात्रिकालीन खेलहरु भैरहेका छन् । अधिकतम क्रिकेटका खेलहरु भैरहेको इनरुवामा जेठको १७ गतेबाट भने पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता संचालन गर्न लागिएको छ । इनरुवा खेल मैदानमा संचालन हुन लागेको मेयर कप वडास्तरीय रात्रिकालीन फुटबल प्रतियोगितालाई इनरुवा नगरपालिका र इनरुवा इभेन्ट म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । प्रतियोगिताका बारेमा इनरुवा इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष हिमाल थापा मगरको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा १० वटा वडा रहेको इनरुवाका ८ वटा वडाले सहभागिता जनाउँदै छन् । इनरुवा इभेन्ट म्यानेजमेन्टका संयोजक राकेश निरौलाका अनुसार खेलाडी अभावमा ९ र १० नम्बर वडाले भने प्र्रतियोगितामा सहभागिता नजनाउने भएका छन् ।

प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद ५५ हजार ५ सय ५५ रुपैंया पुरस्कार हात पार्ने छ भने उपबिजेता टोलीले शिल्ड सहित २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने छ । खेलको बेस्ट प्लेयरले ३ हजार पुरस्कार पाउँदा म्यान अफ दी म्याचले १५ सय र उदयमान खेलाडीले ५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक अरबिन केसीले जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेल अवधीभरको मूल्याङकनका आधारमा छनौट गरिने उत्कृष्ट दर्शकलाई नगद ५ हजार सहित सम्मान समेत गरिने छ ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia