- आषिस कुमार यादव

दुहवी । सुनसरीको दुहवीमा जेष्ठ १६ गते देखी २५ गते सम्म संचालन हुने ७ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७ मा रहेको गोलडेन स्टार युथ क्लब भलुवाद्वारा मंगलबार बेलुकी भएको पत्रकार सम्मेलनमा गोल्डकपको तयारी पुरा भएको आयोजक गोल्डेन स्टार युथक्लबका अध्यक्ष पशुपती सरदार र टुर्नामेन्ट समिती संयोजक दिनेश कुमार विश्वासले बताए ।

२०३३ सालमा स्थापनाभएको गोल्डेन स्टार युथ क्लब भलुवाले वार्षिक रुपमा टुर्नामेन्ट खेलको आयोजना गर्दै आएकोमा यस वर्षको २०७६ जेष्ठ १६ गते देखी २५ गते सम्म सो प्रतियोगिता संचालन हुने बताए । प्रथम हुने टिमलाई ३ लाख, दोस्रो १ लाख ५० हजार प्राप्त गर्नेछन् । जस अन्तर्गत सो प्रतियोगितामा विर्तामोड युनाइटेड झापा, उदयपुर–११ उदयपुर, रारा फुटबल क्लब धनकुटा, संयुक्त युवाक्लब सिमरिया सुनसरी, गोधुली क्लब धरान सुनसरी, रेड हर्ष क्लब ईलाम, आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी, चार तारे क्लब, मोरङ्ग, रोयल क्लब सिलिगुडी भारत, मदन भण्डारी स्पोर्ट एकेडेमी काठमाण्डौं भाग लिदै छन् ।

उक्त प्रतियोगिता संचालनको लागि अनुमानित आय दुहबी नगरपालिकाको कार्यालय दुहबी सुनसरी २ लाख, दुहबी नगरपालिकाको वडा नं. ७ को कार्यालय ६ लाख, खुतली देवी शिरु गच्छदार ट्रस्ट नेपाल ३ लाख, दिनेश स्मृती ट्रस्ट दुहबी १ लाख ५० हजार, जिल्ला समन्व्य समिति सुनसरी ५० हजार, संघसंस्था तथा उधोग ८ लाख, स्थानियवासी चन्दा संकलनबाट ४ लाख, सिजनल टिकट तथा गेट टिकटबाट ६ लाख ५० हजार गरी कुल ३१ लाख ५० हजार रहेको छ भने व्यय पनि सोहीबारबरको रहेको टुर्नामेन्ट समिति संयोजक दिनेश कुमार विश्वासले बताए ।

सो पत्रकार सम्मेलनमा दुहबी नगरपालिका ७ (भलुवा) का वडा अध्यक्ष विजय चौधरीले हामीले उत्त प्रतियोगिताको लागि चारै तिरबाट सफल बनाउन समन्वय गरी रहेको राज्यले समेत शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष योगदान गरी रहेकोमा राष्ट्रिय खेलकुद परिषद, सुनसरी जिल्ला फुटबल संघबाट सहयोग नभइ दिदा दुखेसो व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia