१२औं गणतन्त्र दिवस इनरुवामा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय समिति सुनसरीको अगुवाईमा दिवस मनाइएको हो । मूल समारोह समितिले मनाइएको दिवसमा जिल्ला प्रशासन कार्यालय सहित इनरुवा नगरपालिकाको कार्यालय समेतको संयोजन रहेको थियो ।

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

बसचोकमा रहेको शहीद गेटमा शहीदका प्रतिमा माल्र्यापणसँगै दिवसको औपचारिक कार्यक्रम थालिएको थियो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारी, नगर प्रमुख राजन मेहता, उपप्रमुज जमुना गौतम पोखरेलले मार्याल्पण गर्नु भएको थियो । दिवस मनाउन जनप्रतिनिधि सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख सहित प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

माल्र्यापण पश्चात प्रभातफेरी निकालिएको थियो । जिसस कार्यालयमा पुगेर सहभागिहरुले दिवसको सान्र्दभिकता विषयक धारणा राखेका थिए । दिवसका अवरसमा आयोजित अन्य रचनात्मक कार्यक्रमका बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । दिवसका अवसरमा जिल्लाका सबै १२ वटै स्थानीय तहमा आफु पायकका कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीले बताउनुभयो ।

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

Posted by Inaruwa Online on Tuesday, 28 May 2019

तपाईको प्रतिक्रिया