इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आज विभिन्न कार्यक्रम गरि १२ औ गणतन्त्र दिवस मनाइएको छ। नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा चिरौली बजार सरसफाइ, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू गरि गणतन्त्र दिवस मनाइएको छ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहता, प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, लेखापाल इन्द्र श्रेष्ठ, वार्ड नम्बर ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नम्बर ७ का वडाध्यक्ष रामचन्द्र यादव, नासु शिवराज दहाल, प्रशासन प्रमुख शिव नारायण यादव, भोक्राहा नरसिंह गाउँपालिकाका शिक्षा समितिका सदस्य द्वय बेचन यादव, मनोज मेहता, स्वास्थ संयोजक आलम अन्सारी, आयुर्वेद औषधालयका इन्चार्ज जिवछ पन्जियार, प्रहरी चौकी भोक्राहा नरसिंह २ अकाहाका असइ पदम कटवाल, जानता मावि नरसिंहका प्रअ विद्यान्नद साह, नेपाली काग्रेस भोक्रहा नरसिंहका सभापति युवराज दहाल, उप सभापति देवन मेहता, पृथ्वी अधारभुत विद्यालय भोक्राहा नरसिंह ४ का प्र अ विष्णुदेव उराँव लगायतका गापाका कर्मचारी, शिक्षक, विधार्थी, स्वास्थ क्षेत्रमा कार्य्ररत स्वास्थकर्मी, स्वास्थ स्वयंसेवका, जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवीहरु उपस्थिति रहेको थियो ।

यता गणतन्त्र दिवसको कार्यक्रममा पालिका अध्यक्ष यादवले नृत्यमा सहभागि छात्राहरूलाइ पुरसकार स्वरुप जनहि नगद रू ५ सयका दरले प्रदान गरेका छन् । भने गजल, चुटकिला, कविता सुनाएर मनोरञ्जन दिएका विभिन्न स्कुलका छात्र/छात्राहरूलाइ सोही अनुसारको पुरस्कर स्वरूप नगद अध्यक्ष यादवले दिएका हुन्। आजैकै दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्याधिक मतले पारित गरेको थियो । नेपाल सरकारले गणतन्त्र दिवस तीन दिन सम्म मनाउने निर्णय गरेअनुसार हरेक वर्ष आजकै दिन गणतन्त्र दिवस मनाएको हो ।

तपाईको प्रतिक्रिया