सुनसरी। कृषि तथा पशुपंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताइन् । च्याउ उत्पादक संघ केन्द्रिय समितिद्वारा ईटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताइन ।

कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता अनुसार पर्याप्त नभएको मन्त्री चौधरीले बताइन । बजेटले चक्लाबन्दी खेती प्रणालीमा लैजान मदत पुर्याउने यसको लागि तराईमा १०० बिघा भन्दा बढी चक्लाबन्दिमा खेती गर्ने किसानहरुलाई बिशेष सुबिधाको व्यवस्था समेत रहेको मन्त्री चौधरीले बताइन । चक्लाबन्दी खेतीले श्रमको सही सदुपयोग,औजारीकरण ,आधुनीकीकरण ,व्यवसायीकारणका साथै उत्पादनमा वृद्धि समेत हुने र यसले देशलाई आत्मनिर्भर बनाउने राज्य मन्त्री चौधरीले बताइन ।

बजेटमा खेती योग्य जमीनमा संचालमा रहेका जोन, सुपरजोन, चक्लाबन्दी, सामुहीक खेती समूह, सहकारी र प्रा.ली. बाट भैई रहेको स्थानहरुमा नहर सिचाइ, उर्जा सिचाइ, स्यालो टुयबेल र डिब बोर्डिङ पुर्याउने लक्ष्य समेत लिएको मन्त्री चौधरीले बताइन।

करारखेती ऐन छिटै ल्याउने, जस्ले खेती योग्य जमीन बाझोपनबाट मुक्त गराइ उत्पादन बढाउने साथै उत्पादन बस्तुको बजार समेत ग्यारेन्टी हुने मन्त्री चौधरीले बताइन्। च्याउ खेतीले घरेलु महीला र बेरोजगार युवा युवतीहरुकोलागी रोजगार सृजाना भएको र धेरै युवा युवतीहरु आफनै घर आगनमा यो खेती गर्दै आएको मन्त्री चौधरीले बताइन। यो अर्गानिक उत्पादन भएकोले बजारको माग असाध्यै धेरै भएको तर उत्पादन पुर्याउन नसकेको मन्त्री चौधरीले बताइन । च्याउ खेतीले किसान उत्साहित भएको मन्त्री चौधरीले बताइन । कार्यक्रममा च्याउ उत्पादनक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीको अध्यक्षतामा र १ नं.प्रेदेशका च्याउ किसानहरुको उपस्थितिमा सप्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया