काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको मेक्सिकोले विरोध गरेको छ ।मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रबासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोले जनाएको छ ।

मेक्सिकोको विदेशमन्त्रालयका उत्तर अमेरिका मामिला हेर्ने उच्च कूटनीतिज्ञ जेसस सैयदले भने, ‘अमेरिकी कदम ‘अनर्थपूर्ण’ रहेको छ र यसको हामी उचित जवाफद्वारा प्रतिवाद गर्नेछौँ ।’
अमेरिकी राष्ट्रपतिले मेम्सिकोबाट आयत गर्ने सामानमा आगामी जुन १० देखि लागु हुनेगरी कर वृद्धिको घोषणा गरेको हुन् । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia