इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने खोज पत्रकारिता तालिम सुरू गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंहको आयोजनामा तीन दिने पत्रकारिता तालिम सुरु गरिएको हो । कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताको प्रमुख अतिथित्यमा तिन दिने कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिमा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, अतिथिहरु वार्ड नम्बर १ का वडाध्यक्ष ललित थापा, वार्ड नम्बर २ का वडाध्यक्ष आलम अंसारी, वार्ड नम्बर ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नम्बर ४ हारूण अंसारी, वार्ड नम्बर ६ का वडाध्यक्ष राजेशवर साह, वार्ड नम्बर ७ का वडाध्यक्ष रामचन्द्र यादव, वार्ड नम्बर ८ का वडाध्यक्ष हातिम अंसारी, स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, शिक्षा शाखा प्रमुख मनोज मेहता, आयुर्वेद औषधालय चिरौलिका प्रमुख जिवछ पंजियार, स्वास्थ्य चौकी नरसिंहका इन्चार्ज रामाशंकर साह, सारदा उच्चमावि रामपुर ढोकका अध्यक्ष प्रमेशवर मेहता लगायतका व्यतिहरूको उपस्थिति रहेको थियो भने प्रत्येक वडाबाट २ जना महिला र २ जना पुरूषको उपस्थिति रहेका छ । तालिम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रदेश सदस्य जयकृष्ण यादव लगायतकाले प्रशिक्षण दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया