इनरुवा । तत्कालिन नयाँ शक्ति नेपाल इनरुवा नगर कमिटीका ईञ्चार्ज ज्ञानदेव पण्डित, पूर्व कृषि मन्त्री नन्दन दत्तका स्वकिय सचिव बावुराम साह सहित दुई दर्जन भन्दा बढी कार्यकर्ताहरु बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । इनरुवा २ बिहिबारे स्थित रहेको तत्कालिन नयाँ शक्ति नेपाल इनरुवा नगर कमिटीका ईञ्चार्ज ज्ञानदेव पण्डितको निवासमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ज्ञानदेव पण्डित, पूर्व कृषि मन्त्री नन्दन दत्तका स्वकिय सचिव बावुराम साह सहित दुई दर्जन भन्दा बढी कार्यकर्ता बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीका जिल्ला सदस्य सत्रुघन यादवले बताए ।

सो पार्टी प्रवेश कार्यक्रममा पण्डित र साह सहित नयाँ शक्तिका नगर सदस्य निरज मण्डल, वडा न. २ का सह संयोजक पर्शुराम सुतिहार, हरेराम पण्डित, राजा शर्मा, सुमित्रा पण्डित, धनमती पण्डित, रम्भा शर्मा, सिताराम साह, श्याम साह लगायत बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । बिभिन्न पार्टी परित्याग गरी दुई दर्जनबढी कार्यकर्ताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ न. प्रदेश ईञ्चार्ज भिम आचार्यले अबिर लगाई पार्टीमा प्रवेश गराएका हुन् ।

तत्कालीन नयाँ शक्ति नेपालका इनरुवा ईञ्चार्ज ज्ञानदेव पण्डित र पूर्व कृषि मन्त्री नन्दन दत्तका स्वकिय सचिव बावुराम साह सहित दुई दर्जनबढी कार्यकर्तालाई बुधबार इनरुवामा पार्टी प्रवेश गराउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ न. प्रदेश ईञ्चार्ज भिम आचार्यले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन । उनले बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुको लहर बढेको बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु)ले मुलुकलाई समृद्धितर्फ लैजान नेपाल कम्युनिष्ट पार्टी लागि परेको बताए । मुलुकको विकास र समृद्धीका लागि काम गर्ने एउटै पार्टी नेकपा भएको बताउदै अध्यक्ष मण्डलले नेकपामा पार्टी प्रवेश गर्न आउन सबैमा आव्हान गरेका छन् । पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको अध्यक्ष मण्डलले बताए । सो पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सुनसरीका जिल्ला सदस्य पर्शराम यादव, शम्भु आचार्य, रामप्रसाद मेहता, सत्रुघन यादव, पोष्टकुमार नेपाल, रोशन यादव, गोपी ढकाल, ईन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया