- चन्दन रौनियार

दुहबी। सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार भएको दोश्रो सेमीफाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंले चारतारे क्लब लेटाङ मोरङलाइ ४–१ फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ ।

खेलको पहलो हाफको १६ औं मिनेट र ३८ औं मिनेटमा सुसिल लामा र अजित गुरुङले मदन भण्डारी स्पोट एकेडेमीका तर्फबाट गोल गरेका थिए भने दोश्रो हाफको ५४ औ मिनेट र ६९ औं मिनेटमा मदन भण्डारी स्पोट एकेडेमीका यानिक ओवानाले २ गोल गर्दै आफ्नो टिमलाइ फाइनलमा पुगाए । चारतारे क्लब लेटाङ मोरङका राजिव लोकचनले दोश्रो हाफको ८१ औ मिनेट सान्तवना १ गोल गरे । खेलमा मदन भण्डारी स्पोट एकेडेमीका जर्सि नम्बर १० सुसिल लामा म्यान अफ दि म्याच घोषित भए । नगद ५ हजार र मेडल प्राप्त गरे । शनिवार फाइनल खेलमा संयूक्त यूवा क्लब सिमरीया र मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं बिच उपाधिकालागि प्रतिस्प्रर्धा हुँने अायोजकका टुनामेन्ट संयोजक दिनेस बिस्वासले बताए

तपाईको प्रतिक्रिया