धरान। सुनसरी टेक्निकल कलेज धरानले धरानमा “डेंगु जनचेतना अभियान” कार्यक्रम गरेको छ । सुनसरी टेक्निकल कलेजका विद्यार्थीहरुले धरानको भानुचोकसम्म र्याली समेत निकालेका थिए ।

उक्त र्यालीमा विद्यार्थीहरुले “घर वरिपरि सफा राखौ, रोकौँ डेंगु महामारी” जस्ता लेखिएका प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका थिए । धरानमा डेंगुको प्रकोप बढेपछि यसलाई नियन्त्रण गर्न उक्त कलेजका शिक्षकहरुले विद्यार्थीहरुलाई डेंगुको बारेमा जानकारी गराई जनचेतना अभियानको आयोजना गरिएको सुनसरी टेक्निकल कलेज धरानका प्रमुख अमित कुमार गुप्ताले जानकारी दिए । कलेजका विद्यार्थीहरुलाई डेंगुको बारेमा जानकारी गराएपछि विद्यार्थीहरुले आफ्नो परिवार, छरछिमेक, समाजमा पनि डेंगु नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia