ईदको अवसरमा रिलिज भएको सलमान खान अभिनित ‘भारत’ वक्सअफिसमा हिट सावित भएको छ। सिनेमाले रिलिजको पहिलो दिननै सलमानका यस अघिका सिनेमाको व्यापारलाई पछाडि पारेको छ। ‘भारत’ रिलिजको दिनमा सर्वाधिक व्यापार गर्ने सलमानको पहिलो सिनेमा बनेको छ। सिनेमाले रिलिजको दिन ४२.३० करोड भारूको कमाइ गर्दै यस्तो रेकर्ड बनाएको हो।

यसअगाडि ‘प्रेमरतन धन पायो’ले रिलिजको दिन ४०.३५ करोड भारू कमाएको थियो। सिनेमा विश्वभरका ७० देशका १३ सय पर्दामा रिलिज भएको थियो। अलि अव्बास जफर निर्देशित सिनेमाको २ दिनमा ७३.३० करोड भारूको कमाइ गरेको छ। सिनेमाले दोश्रो दिन ३१ करोड भारू कमाइ गरेको छ। यो कमाइ भारतको घरेलु वक्सअफिसको हो। सिनेमाले आइतबारसम्म डेढ सय करोड बढि निकटको व्यापार गर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia