इनरुवा। सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टावारीमा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको जंगली हात्तीले आक्रमण गर्दा कोशी गाउँपालीका ८ भण्टावारीका स्थानीय सदरुल मियाको मृत्यु भएको हो भने उनका छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार अन्दाजी पौने १० बजेको समयमा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया