- चन्दन रौनियार

दुहबी । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको हितमा काम गर्न नसकेको नेपाली कांग्रेसका उपसभापती बिजयकुमार गच्छदारले बताएका छन् । नेपाली कांग्रेसले थालेको जागरण अभियान कार्यक्रम अन्तरगत सुनसरीको दुहबीमा आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापती गच्छदारले सो कुरा बताएका हुन् ।

वर्तमान सरकारले नागरिकलाई उपेक्षा गरेको आरोप लगाउदै उनले सरकारको शैलीलाई नेपाली काग्रेंसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए । उहाँले प्रतिपक्षी दलको तर्फबाट सरकारलाई रचनात्मक समर्थन रहेको भएपनि सार्वभौम संसद, संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने, स्वतन्त्र न्यायलयमाथि र प्रेसमाथिको हस्तक्षेपलाई र झुठो आवश्वासनलाई भने आफुहरुलाई स्वीकार्य नहुने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो मुलुकमा भ्रष्टाचार नियन्त्रण नभएको र झन बढेको टिप्पणी गरे । दुहबी नगरपालिका दुहबी ५ स्थित सरस्वती माबीको खेलमैदानमा आयोजित नेपाली कागेंसको जागरण कार्यक्रम नेपाली काँग्रेस दुहबी नगर सभापति खेमनरायण चौधरी र गुलाबी मियाँको सभा अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा प्रतिनिधी सभाका सांसद सिताराम महेता, पुर्व अर्थमन्त्री महेश अचार्य, प्रदेश सांसद अगललाल चौधरी, नेपाली काग्रेंसका नेता प्रदिप चौधरी, दुहबी नगरपालिकाका मेयर बेदनरायण गच्छदार, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, बर्जुका अध्यक्ष रधुनन्दन चौधरी, कुमारजग थापा, अबदुल हाजि, क्षेत्र ३ का सभापति तथा वडा ९ अध्यक्ष मेहेदि हुसेन, दुहवी नपा वडा न. २ का अध्यक्ष अरबिन्द बिश्वास, ७ का वडा अध्यक्ष बिजय चौधरी महिला नेतृ कलपना कार्की, लगायतको उपस्थित रहेको थियोे ।

सहभागीले हिमाल,पहाड,तराई मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियानले वर्तमान सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा पूर्व सभासद सुमित्रा थरुनि, नेता मेहिदिन हुसेन, महिला संघकी अध्यक्ष विजिया कटुवाल, पार्टीको जानप्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन कंचन झाले गरेकी थिइन। नेपाली कांग्रेसले नयाँ कार्यशैलीकासाथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ वैशाख २५ गते सुरू भएको र वर्षभरी कार्यक्रम गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia