दुहवी । भलुवा गोल्ड कप २०७६ को सातौ संस्करणको फाइनल खेलमा, संयुक्त युवा क्लबलाई ट्राइ ब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं यसपटक भलुवा गोल्डकप २०७६ को विजेता बनेको छ ।

नेपाली काँग्रेस पार्टी उपसभापति एवम् भुपु उप प्रधानमन्त्री विजय गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न भएको फाइनल खेलमा गोल्डकपका दावेदार टिमहरू संयुक्त युवा क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबिचको खेल निकै नै प्रतस्पर्धात्मक भएको थियोे । खेलको २० औं मिनेटमा, संयुक्त युवा क्लबका जर्सी नं. ४ करण लिम्बूले पहिलो गोल गरि आफ्नो टिमको लागि खाता खोल्दै गोल्डकपको सम्भावना बडाएको थियोे । तर मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंका खेलाडी, जर्सी नं.१२ त्रिदेव गुरूङ्गले ३५ औं मिनेटमा पहिलो , ३९ औं मिनेटमा जर्सी नं. ७ का मिसन लामाले दोस्रो ,र ५४ औं मिनेटमा आजित गुरूङले तेस्रो गोल गरि यसपटक पनि गोल्डकप का सशक्त दावेदार संयुक्त युवा क्लबको सम्भावनालाई तोडेका थिए । खेलको दोस्रो हाफको समाप्ति नजिक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको जीतको प्रबल सम्भावना भएको बेला, खेलको ८० औं मिनेटमा संयुक्त युवा क्लबका जर्सी न.२१ मिलन राईको दोस्रो ,र ८३ औं मिनेटमा जर्सी न.१२ प्रह्लाद चौधरीको तेस्रो गोलले खेललाई ट्राइ ब्रेकरमा धकेलेको थियो ।

ट्राइ ब्रेकरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले संयुक्त युवा क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै भलुवा गोल्ड कप चुम्न सफल भएको थियो । फाईलन खेलको म्यान अफ दि म्याच मदन भण्डारी स्पोर्ट्स एकेडेमीका खेलाडी जर्सी नं.७ मिशन लामा भएका थिए भने सर्वाधिक गोलकर्तामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जर्सी न. ३ यानिक, बेस्ट डिफेन्समा एक्विन, र उदयीमान खेलाडीमा संयुक्त युवा क्लबका खेलाडी जर्सी नं. ७ प्रह्लाद चौधरी घोषित भएका थिए ।

गोल्डेन स्टार युवा क्लबको आयोजना एवम् दुहबी नगरनगरपालिकाको संयोजनमा २०७६ जेष्ठ १६ गते देखि २५ गतेसम्म सञ्चालन भएको भलुवा गोल्ड कप २०७६ को सातौं संस्करण खेलको शनिबार भएको फाइनल खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं विजयी घोषित हुँदै नगद पुरस्कार रू ३ लाख र उप विजेता संयुक्त युवा क्लब, सिमरियाले नगद पुरस्कार रू १ लाख पचास हजार ट्रफि र मेडल प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया