काठमाडौं । गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीकाभैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ । द लेप्रोसी मिसन नामक संस्थाको सहयोगमा सन्चालित अस्पतालले इसाई धर्मको प्रचार प्रसार गरिरहेको खुल्न आएको हो । बिरामीलाई औषधिका साथ इसाई धर्मका पुस्तिका दिने र प्रार्थना विधि पनि सिकाउने गरिएको बिरामीहरुले नै बताएका छन् ।

विशेष गरी कुष्ठरोग प्रभावितहरुको उपचार गर्दै आइरहेको उक्त अस्पतालले विगत स्थापना कालदेखि नै इसाई धर्म प्रचारका सामग्रीहरु राखिएको पाइएको हो । उक्त अस्पताल स्थापना भएको ६२ वर्ष भइसकेको छ । अस्पतालमा बहिरंग (ओपिडी) सेवा भएपनि यी प्रचार–प्रसार सामग्री भने कुष्ठरोग प्रभावितहरुको लागि लक्षित गरी राखिएको देखिन्छ ।

कुष्ठरोग प्रभावितहरुलाई औषधी चलाएपछि २० औँ वर्षसम्म अस्पतालमै बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ती सामग्री विरामीको वार्डको भित्ता र औषधी राख्ने टोकरीमा राखी दिनेगरिएको छ । दुःख र कष्टबाट छुटकारा, यशुको जीवित वचन, बाइबलले हामीलाई के सिकाउँछ लगायतका इसाइ धर्मका प्रचार सामग्रीहरु विरामी राख्ने वार्ड, अस्पतालको भित्तामा प्रसस्तै देख्न पाइने गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia