- पवन रौनियार

लौकहि। सुनसरीको कोशी गाउँपालिका १ मा रहेको पुरानो एतिहासिक दुर्गा मन्दिरको निर्माण कार्य भव्य पुजा आजाका साथ बुधवार देखी सुरु भएको छ। स्थानीय जग्गादाता स्वर्गीय सुधिर मंडलको छोरीको नाममा दर्ता रहेको कल्पनादेबी मंडल र अर्चनादेबी मंडलले मन्दिरको नाममा दान दिएको जग्गामा दुर्गा मन्दिर निर्माण कार्य सुरु भयको हो ।

भौगोलिक विवादका कारण सो निर्माण कार्य अवरोध हुँदै आएको काम बुधवार देखी सुरु भएको दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष रामचन्द्र यादवले जनाएको छ। सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारको पुरानो एतिहासिक दुर्गा मन्दिरको निर्माण कार्यको जग निर्माण भव्य पुजा आजा एवं पौराणिक बाजाका साथ पूर्व उधोग वाणिज्य संघ लौकहीका उपाध्यक्ष एवं समाजसेवी बिस्वेसर प्रसाद गुप्ताले गरेका थिए सो जग निर्माण कार्यमा स्थानिय बासी समेतको सहभागीता रहेको थियो।

उधोग पर्यटन, वन तथा वातवरण मन्त्रालय प्रदेश १ को र स्थानियबासीको जनश्रमदान सहित २० लाखको लागतमा लौकही दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको निर्माण समितिका अध्यक्ष रामचन्द्र यादवले जानकारी दिएको हो। विवाद र छलफल पछिको सहमति पश्चात तीव्रगतिमा दुर्गा मन्दिरको निर्माण कार्य सुरु भएको हो। मन्दिर निर्माणको काम असार १५ गते भित्रमा सम्पन गर्ने योजना रहेको समेत यादव बताएका हुन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia