इनरुवा। इनरुवामा इटहरी नमुना कलेजको करियर काउन्सिलिंग हुने भएको छ। जेठ ३२ गते सनिबारका दिन इनरुवाको रोयल होटलमा बिहानको १० बजे देखि हुने भएको हो। एस.ई.ई. तथा ‌१२ का परिक्षा दिएर बसेका विधार्थीलाई उच्च शिक्षाकोलागि सहि मार्गदर्शनकालागि राखिएको उक्त कार्यक्रममा विषयगत विशेषज्ञ द्वारा परामर्श दिने आयोजकले बताएको छ। एक दिने उक्त कार्यक्रममा विशेष टेस्टबाट अबल आउनेलाई सोहि कार्यक्रमबाट छात्रावृति प्रदान गरिने इटहरी नमुना कलेज ‌१०+२ का निर्देशक मनिष प्रसाद रौनियारले जानकारी दिएका हुन।

तपाईको प्रतिक्रिया