एक नम्वर प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । सामाजिक बिकास मन्त्रालयले संचालनमा ल्याएको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको संयोजन भने एक नम्वर क्षेत्रीय खेलकुद बिकास समितिले गरेको हो । इनरुवा नगरपालिकाको सहयोगमा स्थानीय खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।

प्रदेश नम्वर १ का ६ वटा जिल्लाले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन नेकपाका प्रदेश संयोजक भीम आचार्यले गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, इनरुवा नगर प्रमुख राजन मेहता र राखेप सदस्य शम्भु आचार्य लगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन सत्र आयोजना गरिएको थियो । उद्घाटन सत्र इनरुवामा आयोजना गरिएपनि प्रतियोगिताको उद्घाटन खेल भने इटहरीमा खेलाइएको छ ।

इनरुवा खेल मैदान पानी परेका कारण भिजेकाले उदयपुर र मोरङ्गबीचको खेल इटहरीमा खेलाइएको व्यवस्थापन समिति संयोजक बिप्लव घोषले बताए । प्रतियोगिताका बाँकी खेलहरु इनरुवा रङ्गशालामै खेलाइने घोषले बताए । आज सम्पन्न उदयपुर र मोरङ्गबीचको खेलमा मोरङ्ग बिजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको उदयपुर १५ दशमलव ५ ओभरमा ३९ रन बनाउँदै अलआउट भएको थियो । ४० रनको झिनो लक्ष मोरङ्गले २ दशमलव २ ओभरमा बिना विकेटका क्षतिमा भेटाएका हो ।

प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद एक लाख रकम पाउने छ । उपबिजेता टोलीले ५० हजार रकम प्राप्त गर्ने छ । प्रतियोगितामासुनसरी सहित मोरङ, झापा, उदयपुर, धनकुटा र इलामले सहभागिता जनाएको छ । प्रतियोगिताको फाइनल खेल असार ५ गने हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia