डेंगुका बिरामी भेटिएपछि सुनसरी सदरमुकाम इनरुवाका सबैजसो वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको छ । इनरुवाको १, ३, ६, ९ र १० नम्वर वडामा डेंगुका बिरामी फेला परेका छन् । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशंका गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन् ।

स्थानीयहरुले ज्वरो पश्चात उपचारकालागि बिरामीलाई धरान र बिराटनगर पुर्याइएकाले संक्रमण भएका रोगीको संख्या अधिक हुन सक्ने आंकलन गरेपनि इनरुवा अस्पतालले भने आधिकारिक रुपमा इनरुवामा एकजनामा मात्र डेंगु संक्रमण भेटिएको बताउँदै आएको छ ।

इनरुवा वडा नम्वर एकमा भेटिएका बिरामी बाहेक अन्यको हकमा धरानमा काम विशेषले पुगेर फर्किएकाहरुमा डेंगु संक्रमण पाइएको बताइएको छ । इनरुवामा डेंगु फेला परेपछि वडातहमा सचेतनाका कार्यक्रम थालिएको छ ।

नगरपालिकाले सचेतना सम्वन्धि विद्यालय स्तरमा सचेतना कार्यक्रम संचालनको तयारी थाल्दै गर्दा वडा नम्वर ३ र ९ मा स्वयंसेविका, आमा समूह, संघसस्थाका पदाधिकारी लगायतको उपस्थितीमा सावधानी र सचेतना सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएका छन् । अन्य वडाले समेत सचेतना कार्यक्रम संचालनको तयारी गरेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले स्थानीय वडा र टोल केन्द्रित गरी सचेतनाका कार्यक्रमहरु संचालन गर्न लागेको जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मी सहित सम्वन्धित क्षेत्रका जानकारहरुले सचेतना सम्वन्धि प्रशिक्षण दिइरहेका छन् । वडाध्यक्ष कालुराम गुरुङका अनुसार सरोकारवालाहरुको उपस्थितिमा नगरभर आयोजना गरिने सचेतना कार्यक्रम डेंगु विरुद्धको जनचेतना फैलाउनुका साथै संक्रमण पूर्व गरिने रोकथामकालागि प्रभावकारी ठहरिने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia