जेसिज इनरुवाको भवन ३५ वर्ष पछि बन्ने भएको छ । स्थापनाको ३५ वर्षपछी बन्न लागेको भवनको प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका इनरुवाका पूर्व जेसिज अध्यक्ष राजिब कोइरालाले शिलान्यास गर्नु भएको छ ।

इनरुवा २ पण्डित टोलमा रहेको करिब १० धुर जग्गामा बनाउन लागिएको भवनको पूर्व अध्यक्षद्धय कोइराला र हालका इनरुवा नगर प्रमुख समेत रहनु भएका राजन मेहताले संयूक्त रुपमा शिलान्यास गर्नु भएको हो । भवन निर्माणको लागि सांसद कोइरालाले आफ्नो संसद विकास कोषबाट पाँच लाख रुपैया बिनियोजिन गर्नु भएको थियो । नगरपालिकाले समेत भवन निर्माणकालागि रकम उपलब्ध गराउने जनाएको छ ।

तत्कालकालागि संसद बिकास कोषबाट प्राप्त रकमबाट भवन शिलान्यास गरिएको इनरुवा जेसिजका अध्यक्ष जितेन्द्र यादवले जानकारी दिनुभयो । जेसिजले समाजमा नेतृत्व तथा क्षमतावान जनशक्ति उत्पादन गर्ने भएकोले भवन निर्माण पश्चात तालिम केन्द्रको रुपमा विकास गर्ने सोच बनाइएको जेसिज इनरुवाका पदाधिकारीहरुले बताएका छन् । निर्माण गर्न लागिएको भवन तीन तले, व्यवस्थित र आधुनिक शैलीको हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia