इनरुवा। इनरुवा नगरपालिका अन्तर्गतको भगवती मा. वि. मा दिवा खाजाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । युवा दार्शनिक समाजको आयोजनमा सरोकारवाला पक्षहरु प्राधनाध्यापक, शिक्षक कर्मचारीहरु, व्यवस्थापन समितिको प्रतिनिधि, अभिभावक समितिको प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधिहरु र जिल्ला शिक्षा विकास समन्वय इकाइको प्रतिनिधिहरु समेतको सहभागीता थियो । कार्यक्रममा प्रदेश ०१ को सार्वजानिक विद्यालयहरुमा दिवा खाजाको समग्र अवस्था र व्यवस्था बारेमा चर्चा परिचर्चा गरियो ।

अभिभावकको तर्फबाट शिक्षा क्षेत्रका बुद्धिजिवि सेवन्त बराले भन्नु भयो, हालको सरकारले चलाएको राष्ट्रिय भर्ना अभियानबाट तथ्याङ्कमा विद्यार्थीको भर्ना बढेको छ तर ती विद्यार्थीहरुलाई स्कूलमा टिकाई रहनका लागि दिवा खाजाको व्यवस्था एक आकर्षक योजना बन्न सक्छ, यसलाई स्थानीय निकायहरुले संवेदनशीलता देखाएर जिम्मेवारीका साथ क्रमिक रुपमा सबै सार्वजानिक विद्यालयमा व्यवस्था गराउनै पर्छ ।

निःशुल्क रुपमा शिक्षा प्रदान गरीरहेको सार्वजानीक विद्यालयहरुसँग आर्थिक कोष समिति हुन्छ, स्कूलहरुले सरकारद्वारा बार्षिक रुपमा प्राप्त गर्ने रकम बाहेक अन्य धरै कुनै बजेट हुन्न । त्यसैले सार्वजानिक शिक्षालयहरु आफ्नै प्रयासबाट दिवा खाजाको व्यवस्थापन गर्न सक्दैन । यसका लागि स्थानीय निकायले केही ठोस योजना ल्याउनु पर्छ भनी भगवती मा.वि. को प्राधानाध्यपक श्रीमती गंगा पौडेल बरालले चासो व्यक्त गर्नु भयो ।

विभिन्न आरक्षण समूह र फरक फरक आर्थिक स्तरका विद्यार्थी अध्ययन गर्ने सार्वजानिक विद्यालयहरुका विद्यार्थीहरु भोखले चौरमै मुर्छा परेको दृष्य हेर्न हामी निरिह छौं । यस्तो संवेदनशील बिषयमा राज्यले जसरी पनि केही न केही गर्नै पर्छ भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इस्राइल मन्सुरले चिन्ता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थीका केही विद्यार्थी नेताहरुले समेत धारणा राखनु भएको थियो । कार्यक्रमका सभापति डा. रामदेव पंडितले दिवा खाजा स्वस्थ र सबल मस्तिष्कको अनिवार्य बिषय हो भनी धारणा व्यत गर्नुभयो । सार्वजानिक विद्यालयमा दिवा खाजाको अनुप्लबध्ता छ र उपल्बध खाजा पनि गुणस्तर हिन छ । राज्यका सबै निकाय समन्वय गरेर दिवा खाजा भगवती मा.वि. मा मात्र होइन प्रदेशका सबै सार्वजानिक विद्यालयहरुमा व्यवस्था गराउने वातावरण बनाउनु पर्छ । यो देशको भविष्यसँग जोडिएको बिषय हो भनी डा. पंडितले यसका लागि सबै पक्षलाई सम्यक रुपमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया