- जयकृष्ण यादव

श्रीलंकाटाप्पु। सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का रामविलास चन्द्रबन्सी ३८ वर्षको पुग्नुभएको छ तर वहाँले अहिलेसम्म घरमा विजुली बलेको देख्नुभएको छैन भने वती बाल्न समेत पाउनुभएको छैन । कोशी नेपालको सबै भन्दा ठूलो नदिभएपनि र सोही नदिबाट विधुत निकालेर देशको विभिन्न ठाउँमा विद्युत पुगेको भएपनि कोशीकै काखमा बसेकाहरुले बती बाल्न नपाएको चन्द्रवसीको गुनासो छ ।

देशबाट लोलसेडिंगको अन्त्य भएको समाचार बाहिर आएको वर्षौ वितेपनि आफूहरुले घरमा विद्युतको वती बाल्न नपाएको चन्द्रवन्सीले गुनासो गर्नुभयो । वहाँले साविकको प्रकाशपुर गाविसको दुई र महेन्द्रनगर गाविसको एक वडाको केहीभाग कोशीको बगरमा बस्ती भएपनि अहिलेसम्म विद्युत बाल्न नपाएको सुनाउनुभयो । सोही ठाउँका २४ वर्षिय फुलकुमार ठाकुरले समेत आफू जन्मेदेखी नै कोशीकै काखमा बसेर पनि बती बाल्न नपाएको गुनासो गर्नुभयो । गाउँमा विद्युत पोल नभएको र तार समेत नभएकाले श्रीलंकाटाप्पुबासीहरुले बती बाल्न नपाएको ठाकुरको गुनासो छ । चन्द्रवसी र ठाकुर जस्तै युवाहरुले कोशीको श्रीलंकाटाप्पुमा वतीका लागि पहल नगरेको पनि होईन, वतिका लागि बराहक्षेत्र, इनरुवा हुदै इटहरी नेपाल विद्युत प्राधिकरणको ढोका ढक्ढकाएपनि कहि सुनुवाई नभएकाले उनीहरु समूहमा ८० वटा विद्युत पोल प्रति गोटा ५ हजार ९०० का दरले करिव ५ लाख रुपियाँको खरिद गरेर टाप्पुमा गाडेपनि तार नदिएको विधुत जडान नगरेकाले कोशीको किनारमा रहेका श्रीलंकाटाप्पुबासीहरुले बती बाल्न नपाएको अवस्था रहेको हो ।

गाउँका युवाहरु र स्थानीयहरुले मिलेर समूहमा पाँच लाख बराबरको पोल किनेर गाडेको भएपनि तार नदिएको विद्युतका लागि सरकारी वास्ता नभएकाले विद्युत बाल्ने सपना सपनामै सिमिति बनेको श्रीलंकाटाप्पुका महेश चन्द्रवसीको गुनासो छ । वहाँले गाउँमा एक हजार बढी परिवार भएपनि अहिलेसम्म टुक्की र केहीले सेलारबाहेक अन्ध्यारोमा बस्न बाध्य रहेको जानकारी दिनुभयो । गाउँमा एकातिर शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव अर्को तिर जंगली जनावरको आतंक रहेको र त्यसको बीचमा अन्ध्यारोमा बस्न बाध्य भएको चन्द्रबन्सीले बताउनुभयो ।
स्थानीय कालिका उराँवले गाउँमा एक घर अर्को घरको दुरी टाढा भएको त्यसमापनि कोशीको बीचमा रहेको बस्तीमा बसेकाहरुले बती बाल्न नपाउदाँ अन्ध्यारोमा बस्न बाध्य भएको गुनासो गर्नुभयो ।

हाल बराहक्षेत्र नगरपालिकामा परिवर्तित भई नगरपािलकाकै दुई वटा वडाको केही भागको रुपमा रहेको श्रीलंकाटाप्पुका स्थानीयबासीहरुले एकाईसौ सतावतीमा पनि विजुली बाल्न नपाएको स्थानीयहरुले गुनासो गरेका छन् । सुगम जिल्लाको रुपमा चिनिने सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुई वटा वडाका स्थानीयबासीहरुले विजुली बाल्न नपाएको गुनासो गरेका छन् ।
२०१७ सालयता कोशी नदिले पटकपटक कटान गरेर विभिन्न धार परिवर्तन गर्दै गरेको अवस्थामा त्यही टाप्पुमा एकठाउँबाट अर्को ठाउँमा सर्दै बस्दै आएका श्रीलंकाटाप्पुबासीहरुले विधुत बाल्न नपाएको गुनासो गरेका छन् ।

बराहक्षेत्र नगरपालिकाको श्रीलंकाटाप्पुमा हालै राष्टिय मानव अधिकार आयोगले अनुगमन गर्दा स्थानीयहरुले विद्युतका लागि पहल गरिदिन माग गरेका थिए । विद्युतको पोल गाडेको एक वर्ष बढी वितेको भएपनि तार जडान नभएको गुनासो आएकाले नेपाल विधुत प्राधिकरणलाई कामका लागि ध्यानाक्रर्षण गर्ने गरी सरकारलाई सिफारिस गर्ने आयोगका प्रदेश एक कार्यालय प्रमुख मोहनदेव जोसीले बताउनुभयो । श्रीलंकाटाप्पुहरुले किनमेलका लागि दुई दिनसम्म बजारमा विताउने बाध्यता समेत रहेको सुनाएका छन् । फेन्सी स्टोरदेखी, कपडा पसलसम्म, किराना पसलदेखी कस्मेटिक पसलसम्म, हार्डवेयर देखी पुस्तक पसलसम्मको सेवाको लागि महेन्द्रनगर, प्रकाशपुर, धारन र इटहरी जानुपर्ने बाध्यता रहेको उपभोक्ता रामेश्वर यादवले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया