इनरुवा । इनरुवा नगरपालिकाको नगरसभा संचालनको क्रममा केहि व्यक्तिहरुले तरुण दल लाई बदनाम गराउन खोजेको प्रति ध्यानाकर्षण भएको तरुण दल इनरुवाले जनाएको छ । इनरुवा नगरको नगरसभा संचालनको क्रममा केही व्यक्तिहरुले नगरपालिकाको बिरोध गर्दै जारी गरिएको बिज्ञप्तीमा अनावश्यक तवरले नेपाल तरुण दल इनरुवा नगर कार्य समितिको नाम बदनाम गराउने उद्देश्यले आएको भन्दै ध्यानाकर्षण भएको तरुण दलले जनाएको छ ।

तरुण दल इनरुवाका सचिव सत्यनारायण यादवका अनुसार आफूहरू लोकतान्त्रिक मूल्यमान्यता प्रति सदैव दृढ़ रहेपनि केहि व्यक्तिले तरुण दललाई अनावश्यक रूपमा बदनाम गराउने बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । जनतालाई सुसूचित हुन पाउने हक अधिकार तथा विधीको शासनको अवधारणा प्रति सधैं कटिबद्ध रहेदै तरुण दल इनरुवा नगरको नगरसभा विधिबत ढंगबाट संचालन हुनुपर्ने, जनताको विकासको आकांक्षा सम्बोधन गर्नुपर्ने पक्षमा रहेको सचिव यादवले बताए ।नगरको विकासमा बाधा पुर्याउने कामप्रति तरुण दलले घोर भत्सर्ना समेत गरेको छ । नगरको विकास नचाहने केहि व्यक्तिको स्वार्थको लागि समग्र नगरको विकासमा समय समयमा बाधा आउनु दु:खद भएको उनले बताए ।
सबै जनप्रतिनिधि लाई पार्टीगत राजनीति बाट माथि उठेर नगर विकासमा योगदान दिन तरुण दल इनरुवाले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया