लौकही। सुनसरीको कोशी गाँउपालिका स्थित लौकहीमा प्रदेशकै सवैभन्दा ठुलो टाउन हलको शिलन्यास भएको छ । पूर्व अर्थमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य संसद ज्ञानेन्द्रबहादुर कार्कीले शिलन्यास गरेका हुन ।

सुनसरी क्षेत्रनम्बर ४ का संघिय संसद कार्कीले शिलन्यास गर्दै आफुले निर्वाचनको मुखमा भोट माग्दा बोलेको कुरा पुरा गरेको बताए । मैले जनतालाई भोट माग्दा बोलेको कुरा पुरा गरेको हुँ कार्कीले भने । सुनसरी क्षेत्रनम्बर ४ मा पछिल्लो समयमा आफुले बोलेको कुरा पुरा गर्ने थालेको बताए । कार्कीले आफू भाषा दिएर आश्वासन बाड्नु भन्दा काम गरेर देखाउनेमा विश्वास गर्ने व्यक्ति भएको बताए ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका सभा सम्मेलन गर्न सकिने आठ सय ५० जनाको क्षमता भएको टाउन हल निमार्णका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघीय परियोजना कार्यान्वयन ईकाइले टाउन हल निर्माण कार्यको सुरु भएको हो । १८ कठ्ठा जमिनमा ३२ करोड५० लाख३९ हजार ९२ रुपैयाँमा टाउन हल सुरु भएको हो । २०७८ साल असार ४ गते सम्पन्न हुने गरी ठेक्का लागेको जनाईएको छ । नेता कार्कीले चाडै सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कृषिको लागि आधुनिक भवन समेत बनाईदिने बताएका छन ।

सभाहल सँगै चमेनागृह, आधुनिक पार्किङ स्थल, अतिथिहरुका लागि बैठक कक्षलगायतको सुविधा रहने गरी निर्माण कार्य हुन लागेको हो ।कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सुनसरी सभापति तथा प्रदेश १ संसदीय दलका नेता राजिव कोईरालाले टाउन हल सुनसरीको मात्र नभई प्रदेशकै गौरभ भएको बताए । सुनसरीमा सुविधासम्पन्न हल निमार्ण हुनु गौरभ भएको बताएका थिए । प्रदेशकै ठुलो सभाहल बन्नु कोशीबासीको लागि गर्व विषय भएको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया