- जयकृष्ण यादव

इनरुवा। सुनसरीका सरोकारबालाहरुले समन्वयको अभावमा स्थानीय तहको कामकार्वाही र विकासमा समस्या देखिएको बताएका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकामा शुक्रबार भएको संघ, प्रदेश र स्थनाीय तहबीचमा समान्यको आवश्यक र चुनौती विषयक गोष्ठि कार्यक्रमका सरोकारबालाहरुले समन्वयको अभावमा स्थानीय तहमा समस्या देखिएको बताएका छन् ।

कार्यक्रममा हगरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले विकासका लागि केन्द्रबाट उपेक्षामा परेको र प्रदेशले समेत प्रयाप्त समन्वय नगर्दा स्थानीय तहमा विकास निर्माण र अन्य कार्यसम्पादनमा समेत समस्या देखिएको बताउनुभयो । स्थानीय सरकार गाउँगाउँमा भनेको भएपनि धेरै अधिकारहरु संघमा रहेको अध्यक्ष अंसारीले बताउनुभयो । अंसारीले संघीयता पूर्ण कार्यान्वयनका लागि सबै तहमा आपसी समन्वय, सम्वाद र छलफल आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले नागरिक प्रति जवाफदेहि सरकार, पारदर्शि सरकार र शाुसाशन युक्त सरकार बनाउन चाहेको भएपनि तीनतहको सरकार र आन्तरिक रुपमा हाम्रा कर्मचारीको बीचमा पनि समन्वयको अभाव रहेकाले काम गर्न समस्या भएको बताउनुभयो । स्थानीय तहमा सबैभन्दा बढी चापहुने भएपनि बजेट केन्द्र सरकारमा बढी रहेको र प्रदेश सरकारलाई बजेट भएपनि काम स्थानीय सरकारले नै गर्नुपर्ने भएकाले समस्या देखिएको बताउनुभयो ।

सिभिल मिडिया सर्भिस काठमाण्डौको सहकार्यमा देवानगञ्ज गाउँपालिकामा भएको कार्यक्रममा प्रदेश एकका सांसद जयराम यादव, संघिय सासद सिताराम मेहता,पूर्व सभासद सविता यादव, प्रदेश सभा प्रमुख सचिव सुरेश अधिकारी गोपाल प्रसाद पराजुली सहितका सरोकारबालाहरुले विचार व्यक्त गर्दै संघ, प्रदेश र स्थनाीय तहबीचमा अभाव रहेको समान्वयको आवश्यक रहेको बताएका छन् । विकास र समन्वय देखिएको चुनौतीलाई चिर्न सकेको खण्डमा सबैको हित हुने बताएका थिए । गोष्ठि कार्यक्रमका सरोकारबालाहरुलाई आयोजकले स्थानीय सरकारको संचालन , कर्मचारी र पदाधिकारीहरुको बीचमा समन्वय, सबै तहको समन्वय र सहकार्य अभावमा दोहोरोपना भएको र कतै एकठाउँमा एक पटक पनि काम नभएको लगायतका स्थानीय तहमा समस्या देखिएकाले सुधारकालागि प्रयास गर्नुमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia