- जयकृष्ण यादव

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा गाउँका किसोरीहरुलाई बलविवाह र दाईजो प्रथान्युनिकरण सम्बन्धी सचेतनामुलक तालिम दिएको छ । गाउँमा नै कार्यक्रम गरेर बालविवाह र दाईजो विरुद्धमा लाग्न किसोरीहरुलाई तालिम दिएको आयोजक प्रयास नेपाल देवनागञ्ज गाउँपालिका १ मध्यहर्षाहीका अध्यक्ष रामसुन्दर मेहताले जानकारी दिनुभयो ।

गाउँका किसोरीहरुलाई बलविवाह र दाईजो प्रथा न्युनिकरण सम्बन्धी सचेतना मुलक तालिमको शुक्रबार उद्घाटन गर्नुहुदै देवनागञ्जका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले सचेतनाको माध्यमा सचेत पार्ने र बालविवाह रोक्ने तथा जाईजोको न्युनिकरणमा योगदान गर्ने उदेश्यका साथ कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा न्यौपानेले सबैलाई सामाजिक विकृति विरुद्धमा सचेतना फैलाउनका लागि देवनागञ्ज गाउँपालिका १ मध्यहर्षाहीका किसोरीहरुलाई तालिम दिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक कमल बजगाईले नेपालको तराई क्षेत्रमा व्याप्त रहेको बलविवाह र दाईजो प्रथा न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।देवानगञ्ज गाउँपालिका १ का वडाअध्यक्ष सूर्यनारायाण पालले एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बालविवाह, बोक्सी, लगायतका कुप्रथा तथा अन्धविश्वासी परम्परा सहन बाध्य रहेकाले त्यसलाई तोड्नका लागि तालिम सार्थक भएको बताउनुभयो ।प्रयास नेपालका अध्यक्ष रामसुन्दर मेहताले दाइजो प्रथा भन्नाले कन्या पक्षले विवाहको बेला वर पक्षलाई दिने सम्पत्ति, नगद, गरगहना तथा उपहार भएपनि त्यसको विकृतिले सामाजमा नाकारत्मक असर परेकाले तालिमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी किसोरीहरुलाई नेपालको वर्तमान संविधान २०७२ मा समानताको हकअन्तरगत पैत्रिक सम्पत्तिमा सबै सन्तानको समान हक रहने प्रावधान, महिलाको हकमा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक यौनजन्य हिसा र शोषण गर्नु दण्डनीय हुनेछ भनी लेखिएकाले त्यसको बारेमा जानकारी दिएको बताउनुभयो । वहाँले कानुनी व्यवस्था यति सुदृढ हुँदाहुँदै पनि हाम्रो देशमा दाइजो प्रथा एक विकृत संस्कारका रूपमा मौलाउँदै गएकाले त्यसका विरुद्धमा किसोरीहरुलाई नै लाग्नका लागि प्रेरित गर्ने उदेश्यले तालिम दिएको बताउनुभयो । बालविवाह र छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न सक्ने शिक्षा तथा असल संस्कार दिए पुग्छ भन्ने मान्यता समाजमा दह्रो गरी स्थापित गर्नकालागि भन्दै गाउँका ५० बढी किसोरीहरुलाई तालिममा सहभागि गराएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia