- जयकृष्ण यादव

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिकाका महिलाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । शुक्रबार महिमा ऋण तथा सहकारी संस्था लिमिटेडको आयोजना सुरु भएको तालिमको देवानगञ्ज २ का वडा अध्यक्ष मजलुम मियाँले उद्घाटन गर्नुभयो । सनिबार सम्पन्न हुने तालिममा देवानगञ्जका ४१ बढी महिलाहरुको सहभागीता रहेको छ ।

अभिमुखिकरणमा वडाको विकास निर्माणमा महिलाहरुको सकृय सहभागिता, महिलाहरुको सवाल, नीति निर्माणमा महिलाहरुको भुमिका, समुदायमा महिला परिचालन र निर्णय प्रकृयामा महिलाहरुको उपस्थिती जस्ता विषयहरुमा छलफल भएको थियो । तालिमको विषयमा प्रकाश पार्दै आयोजक संस्था महिमा महिला ऋण तथा सहकारी संस्था लिमिटेडकी अध्यक्ष मिनादेवी मेहताले परिवर्तनका संवाहक महिलाहरु भएकाले हरेक निर्णय प्रकृयामा महिलाहरुको सहभागीता आवश्यक रहेको बताउनुभयो । उहाँले यसै विषयमा महिलाहरुलाई जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । शुक्रबारबाट सुरु भएको तालिमलाई देवानगञ्ज गाउँपालिकाले सहयोग गरेको छ । यसैबीच सोही कार्यक्रममा प्रशिक्षक डुमरलाल मेहता, जयकृष्ण यादव र देवकृष्ण यादव लगायतका प्रशिक्षण दिईरहनुभएको छ ।

तपाईको प्रतिक्रिया