- दिपेन्द्र यादव

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विहीबार प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोतिा शुरु भएको छ । जामिया इस्लामीयाको खेल मैदानमा शुरु भएको प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले उद्धघाटन गरेका हुन् ।

प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गत १ सय मिटर दौड देखी ४०० मिटर दौड सम्मको प्रतियोगीता रहेको भोक्राहा नरसिंह गाउँपालिकाका शिक्षा समितिका सदस्य बेचन यादवले जानकारी दिए । १ सय मिटरको दौडमा २८ वटा अधारभुत विद्यालयका छात्र, छात्रा विद्यार्थीहरुको सहभागी रहेको थियो भने २ सय मिटरको दौडमा अधारभुत र माध्यमिक विद्यालय गरी १२ वटा विद्यालयका छात्र, छात्रा विद्यार्थीहरुको सहभागी रहेको छ ।

४०० सय मिटरको दौडमा १० वटा अधारभुत र माध्यमिक विद्यालयका छात्र १० जना र छात्रा ६ जनाको सहभागीता रहेका छन् । त्यस्तै ८ सय मिटरको दौड प्रतियोगीतामा शारदा मावि भोक्राहा नरसिंह १ का कमलदेव उँराव, बसन्ती मेहता, जनता मावि भोक्राहा नरसिंह ३ का दिपक उराँव र बन्दना कुमारी मण्डल, जामिया इस्लामियाका मन्जर, जनता मावि भोक्राहा नरसिंह ७ का दिपक मण्डल र रंजना मण्डल, पृथ्वी अधारभुत विद्यालयका जीवन उँराव, मोडेल पब्लिकका बसीम अख्तर सहभागी भएको हो ।

उक्त प्रतियोगीताको विशिष्ट अतिथिमा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, सुर्यदेव उँराव रहेका थिए भने अतिथिहरुमा वडाध्यक्षहरु भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का वडाध्यक्ष ललित थापा, भोत्रहा नरसिंह गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष आलम अंसारी, भोत्रहा नरसिंह गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का वडाध्यक्ष हारुण अंसारी, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष बसरुद्धिन मंसुरी, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष राजेश्वर साह, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । भने सो कार्यक्रमको संयोजक भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया