इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तिनकुनै बाट ५० लाख मुल्य बराबरको कवाडी सामान बरामद गरेको छ । नेपालबाट भारत तर्फ अवैध रूपमा लादै गरेको अवस्थामा बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले सोमवार चेकजाँचको क्रममा GJ20 U 4516 नम्बरको भारतिय ट्रकमा अबैध रुपमा लैजादै गरेको सामान बरामद गरेको हो।

चेकजाच गर्ने क्रममा ट्रक चालक फरार भएको हुदा भारतिय नम्बरको उक्त ट्रक सहित ट्रकमा लोड गरिएको ट्रकको ईन्जिन र पिलिङ मेसिन बरामद गरि आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया