इनरुवा । कोशी गाउँपालीका ७ स्थित हरिपुरबाट सशस्त्र प्रहरीले २ सय केजी गाँजा बरामद गरेको छ । मंगलवार राति सशस्त्र प्रहरी बल बिओपी लाहीबाट सशस्त्र प्रहरी निरीक्षक रुपक नापितको नेतृत्वमा खटिएको टोलिले सो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक रुपक नापितले सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले गाँजा बरामद गरेको बताए । चारवटा बोरामा गरेर भारततर्फ लादै गरेको अवस्थामा गाँजा बरामद गरेको उनले बताए । । प्रहरीलाई देखेपछि तस्करहरु गाँजा छाडेर भागेको र गाँजा बरामद गर्न सफल भएको नापितले बताए ।

सुनसरीको विभिन्न नाकाहरु हुँदै पछिल्लो केहि समययता भारततर्फ गाँजा, रक्सीको तस्करी बढेको देखिन्छ । चोरीपैठारी तथा सीमावर्ती क्षेत्रमा हुनसक्ने अपराधीक क्रियाकलाप नियन्त्रणमा राख्न सशस्त्र प्रहरीले भारतीय प्रहरीसंग सहकार्य गर्दै आएको उनले बताए । बरामद गाजाको मुचुल्का उठाई आवश्यक कार्वाहीको लाई नेपाल प्रहरीलाई बुझाएको बिओपी लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया