इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा यसवर्ष हज गर्न जानेहरूलाई प्रशिक्षण तथा औषधी वितरण गरिएको छ । हज गर्नहरुलाई जामिअत शबाविल ईस्लाम नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा हाजीहरुलाई मौलाना सबिर अहमद नदवी, मौलाना अबुल वकार,मौलाना अख्तर हुसेन, मौलाना ऐयुब नदवी र डाक्टर खालिद हुसेनले प्रशिक्षण दिएका थिए ।

जामिअत शबाविल ईस्लाम नेपालका मौलाना सबिर अहमद नदवी अनुसार १२६ जना हाजी र मुस्लिम अगुवा गरी ४ सयजनालाई हज गर्न जादा आवश्यक कुराहरुको बारेमा जानकारी गराएको हो । यो वर्ष सुनसरीबाट साउदी अरेबिया हज गर्न १२६ जना जादैछन् । नेपालबाट हज गर्न जानेको संख्या थप गरिएकोले यसवर्ष सुनसरीबाट हज गर्न जानेहरूको संख्या थप बढ्ने अनुगमन गरिएको छ ।

यसैबीच शनिबार जामिअत शबाविल ईस्लाम नेपालको आयोजना तथा जियाउल हक मेमोरियल च्यारिटी ट्रस्ट धरानको सहयोगमा हाजीहरुको स्वास्थ परिक्षण तथा औषधिसमेत वितरण गरिएको छ । जियाउल हक मेमोरियल च्यारिटी ट्रस्टका सचिव आरिफ अन्सारीका अनुसार १२६ जना हाजीहरु लाई स्वास्थ्य चेकजाँच गरी हज यात्रामा आवश्यक औषधि वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया