इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । धरान र इनरुवामा डेंगुका बिरामी भेटिएपछि कोशी गाउँपालीकाको सहयोगमा समाजिक जीवन केन्द्र नेपालले २ दिने सचेतीकरण गोष्ठी तथा कार्यक्रम आयोजना गरेको हो ।

सदरमुकाम इनरुवा सहित क्षेत्रमा डेंगुका बिरामी भेटिएपछि कोशीको विभिन्न वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको आयोजकले जनाएको छ । रोगको बारेमा कोशी क्षेत्रका सर्वसाधारण लाई अग्रिम जानकारी गराउने उद्देश्यले २ दिने सचेतीकरण गोष्ठी तथा कार्यक्रम आयोजना गरेको समाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसेनले बताए ।

डेंगु रोग सम्बन्धित जानकारी समयमै गराउने र त्यसबाट बच्ने उपायहरुका बारेमा सचेतना सम्वन्धि विद्यालय तथा मदरसास्तरमा सचेतना कार्यक्रम गरेको उनले बताए । कोशी गाउँपालीका ३ र ४ मा कार्यक्रम गरिएको र अन्य वडामा पनि सचेतना कार्यक्रम संचालनको तयारी गरेको हुसेनले बताए ।

दुईदिने कार्यक्रममा १८० जनाबढीको सहभागिता रहेको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानबाट खटिएका डाक्टर श्रवण झा, विनोद यादव सहित सम्वन्धित क्षेत्रका जानकारहरुले सचेतना सम्वन्धि प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रम कोशी गाउँपालीका वार्ड नम्बर ४ का वडाध्यक्ष अमीन मियाको प्रमुख आतिथ्य तथा हजरत हुसेनको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया