इनरुवा। पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा सडक खण्डमा भएको दुर्घटनामा इनरुवा ६ मधेशाका युवा नेता भोगेन्द्र घिमिरेको ज्यान गएको छ । इनरुवा ३ मा रहेको विद्युत प्राधिकरण छेउको राजमार्गमा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले बा.५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ वर्षिय घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार भोगेन्द्र पूर्व तर्फको सडक पेटीमा मोटरसाइकल रोकेर बसेका थिए । सोही क्रममा नजिकै यात्रु चढाउन रोकेको बसलाई ओभरटेक गर्ने क्रममा हुत्तिएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीहरुले घिमिरेको दुर्घटना लगत्तै घटनास्थलमै मृत्यु भएको बताएपनि प्रहरीले भने उपचारको क्रममा मृत्यु भएकोे जनाएको छ । घिमिरे नेकपामा आवद्ध मधेशाका सकृय युवा नेता थिए । उनको दुई छोरा छोरी छन् । दुर्घटनमा घाइते मोटरसाइकलमा पछाडी सवार इनरुवा ३ का सुनिल सरदारको उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालक गंगाराम सरदार प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया