- दिलिप साह

राजविराज। हनुमाननगर कंकालिनी नगरपालिकाको महावीर उच्च माध्यमिक विद्यालय हनुमानगरमा मोटरसाईकल मर्मत सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ । हनुमाानगर कंकालिनी नगरपालिकाको सहयोग र सेभ द सोसाईटीको आयोजनाको दुई दिने मोटरसाईकल मर्मत सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ९ को वडा सदस्य सितल साहको अध्यक्षतामा संचालित तालिममा साहले भन्नुभयो यो तालिम लिई व्यवहारमा लागु गरेमात्र यो तालिमले सार्थकता पाउने छ । तालिम लिएका युवाहरुको केही हदसम्म आर्थिक स्थितिलाई सहज अवश्य बनाउने छ । उक्त तालिमको संयोजक संस्थाका अध्यक्ष विरेन्द्र यादवले यो तालिम लिएका सम्पूर्ण युवाहरुलाई पुरै दक्षता प्रदान नगरेकोले हाम्रो संस्थाले पूर्ण रुपमा युवाहरुलाई दक्षता प्रदान गर्न अथक सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त तालिममा सन्तोष साह र उपेन्द्र यादवले प्रशिक्षण दिनुभएको थियो भने तालिमको संचालन संस्थाका सचिव मायालाल साहले गर्नुभएको थियो । उक्त तालिममा ३५ जना युवाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया