- अमर काफ्ले

इनरुवा। ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सीर्जना भएपछि गयराती खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउना साथ बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराती १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो ।

बहाव बढेपछि भारतीय पक्षकै आदेश पछी ब्यारेजका सबै ढोका खुल्ला गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका प्राविधिकहरुका अनुसार उच्च अधिकारीबाट प्राप्त आदेश बमोजिम ब्यारेजका सबै ढोका खोलिएका हुन् । निरन्तर बढ्दो बहावसँगै कोशीको पानीले पुलको माथिल्लो भाग छुँदै गर्दा सम्भावित जोखिमबाट पुललाई जोगाउन र बहावको सन्तुलन मिलाउन ५६ वटै ढोका खोल्नु पर्ने अवस्था आएको भारतीय प्राविधिकहरुले बताएका छन् ।

पानी बढेसँगै कोशीमा माटो र फोहोर समेत थुप्रिन पुगेको थियो । जसले गर्दा समेत पानीको सतह बढ्दा कोशीको पुललाई थप जोखिम पुर्याउन सक्ने अवस्था उत्पन्न भएपछि भारतीय पक्षले सबै ढोका खुलाएको बताइएको छ । रातीबाट खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश बन्द गर्न थालिएको छ । कोशीको बहाव पछिल्लो मापन अनुसार घटेर २ लाख ९० हजार ३ सय ४० क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । समाचार तायर पार्दै गर्दासम्म प्रहरीले दिएको जानकारी अनुसार ४३ ढोका खुलेका छन् । अघिल्लो दिन ६ दशमलव ३ मिटरमा पुगेको चतराको मापन समेत घटेको छ ।

कोशी ब्यारेज प्रहरीका अनुसार बहावको सन्तुलन मिलाउँदै भारतीय पक्षले यसअघि खोलिएका ढोका क्रमश बन्द गर्दै गएको छ । कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ को बाढीको समयमा कोशीको बहाव ९ लाख १३ हजार क्यूसेक प्रतिसेकेण्ड पुग्दा ब्यारेजका सबै ढोका खोलिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia