इनरुवा/वर्षा र बाढीका कारण डुबानमा परी बिस्थापित बनेका इनरुवा ३ का बाढी पीडितकालागि स्थानीय पण्डित शिवप्रसाद निरौलाले खाद्यान्य सामग्री सहयोग गरेका छन् । जनता आधारभुत विद्यालयमा शरण लिई बसेका २ सय परिवारकालागि पण्डित निरौलाले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराएका हुन् । स्र्वगिय पण्डित बद्रीप्रसाद निरौलाको स्मृतिमा उनका छोरा शिवले बाढी पीडितकालागि खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वर्गिय बद्रीप्रसाद निरौला इनरुवा सहित आसपासको भेगमा पण्डित मध्येका राम्रो छवि र नाम कहलिएका व्यक्तिका रुपमा चिनिन्थे । उनकै सम्झनामा निरौला परिवारले सामाजिक कार्यमा आर्थिक लगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको रोहित निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia