- दिलिप कुमार साह

राजविराज। राजविराजका बिद्यार्थीहरुले मंगलबार गुरुहरुको सम्मानमा विविध कार्यक्रम गरी उतसवका रुपमा गुरुपूर्णिमा मनाएका छन् । मविव क्याम्पसमा अध्ययनरत स्नातक तहका सुक्ष्म जिव विज्ञान संकायका बिद्यार्थीहरुले गुरुहरुप्रति आस्था र श्रद्धा भाव प्रकट गर्न रक्तदान, बृक्षारोपण गर्नुका साथै गुरुहरुलाई उपहार प्रदान गर्दै माला, खादा लगाएर सम्मान गर्दै गुरु पूर्णिमा पर्व मनाए ।

बिद्यार्थीहरु अमरकुमार यादव, दिलिपकुमार मण्डल, सरगम श्रेष्ठ, संदिपकुमार चौधरी, प्रियंका देव, किरण गुप्ता, रोशनकुमार साह, दिपककुमार यादव, आंशिक प्राध्यापक सियाराम भगत माली, नायव सुब्बा रबीकुमार राय र कार्यालय सहायक लबकुमार विश्वासलगायतले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक रबीकुमार रायले जानकारी दिनु भयो । प्राध्यापक, कर्मचारी र बिद्यार्थीहरुले क्याम्पस प्राङ्गणमा मसला, टिक, सफेदीलगायतका ५० वटा विरुवा समेत रोपेका छन् ।

बिज्ञान संकायका सहायक क्याम्पस प्रमुख मिथलेश यादवको अध्यक्षता एवं क्याम्पस प्रमुख डा. सर्वेशचन्द मिश्रको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्राध्यापक, पत्रकार र बिद्यार्थीहरुले गुरुपूर्णिमाको महत्वका बारेमा आ–आफ्नो धारणा राख्नु भयो । कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष उमेशकुमार यादव, पूर्व अध्यक्ष देबनारायण यादव, कानुन संकायका सहायक क्याम्पस प्रमुख कृष्णानन्द देव, सह प्रा. डा. सुशिल कर्ण, गणित विभागका प्रमुख डा. पञ्चदेव यादव, अर्थशास्त्र विभागका प्रमुख नवनाथ झा, लेखा प्रमुख उत्तिमकुमार राय, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, स्ववियुका पूर्व सचिव मनोहर पोखरेल, बिद्यार्थी दिपक यादवलगाउतले मन्तव्य राख्नु भएको थियो । साउन शुक्ल पूर्णिमाका दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइने गरिन्छ । वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia