राजविराज। श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि स्थानीय सरकारलाई दबाब दिनुपर्ने राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले राजिराजमा मंगलवार आयोजना गरेको श्रम ऐन योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र यससँग सम्बन्धित नियमावलीहरु साथै प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा स्थानीय सरकार, रोजगारदाता र ट्रेड युनियनहरुबीच अभिमुखीकरण अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

श्रमजिवी मजदुरहरुको बलिदानी, त्याग र संघर्षबाट प्राप्त भएको श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनका लागि स्थानीय सरकार र सरोकारबाला निकायलाई दबाब दिनुपर्नेमा जोड दिदै त्यसका लागि सम्पुर्ण मजदुरहरुबीचमा कसिलो एकता हुनुपर्ने औल्याएका छन् । कार्यक्रमको अध्यक्षता गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघका बरिष्ठ उपाध्यक्ष धनबहादुर विकले श्रमजिवी मजदुरहरुको संघर्षबाट आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनले सम्पुर्ण मजदुरहरुको भावनालाई समेटेकोले यसको व्यवहारिक कार्यान्वयनका लागि दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘‘ ऐन त मजदुरको हितमा बनेको छ, अब यसको कार्यान्वयनका लागि स्थानीय सरकार र सरोकारबाला निकायहरुलाई दबाब दिनु आवश्यक छ ।” मुलुकमा तीन तहको सरकार भएपनि यो ऐनको प्रभाबकारी कार्यान्वयनका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको उहाँको भनाई थियो । कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बर्षाैदेखि श्रम शोषणमा परेका श्रमजिवी मजदुरहरुको पक्षमा सामाजिक सुरक्षा ऐन र श्रम ऐन समयानुकुल बन्नु सकारात्मक भएको बताउँदै कार्यान्वयनका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले यसबाट श्रमजिवी मजदुरहरुले अब न्यायको महसुस गर्ने भएकाले नगरपालिकाको न्यायिक समिति र सिंगो नगरपालिकाले ऐन कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ का सचिव केदार देवले नयाँ बनेको श्रम ऐन र सामाजिक सुरक्षा ऐन अन्य कतिपय ऐन जस्तै प्रभाबकारी रुपमा कार्यान्वयन नहुने खतरा रहेकोले यसतर्फ मजदुरहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले यो ऐन वास्तवमै पसिना बगाउने मजदुरहरुको पक्षमा रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा ऐनमा श्रमजिवीको पारिश्रमिकसँगै पेशागत तथा जीवन समेत सुरक्षित बनाउने कुरालाई पनि ग्यारेन्टी गर्न खोजिएकोले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका रामकुमार राय, नेकपाका नेता जगजीवन राम लगायतले सामाजिक सुरक्षा ऐन बारे बोल्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia