- अमर काफ्ले

इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६।०७७ का लागि ६९ करोड हाराहारीको बजेट नगर सभामा पेश गरेको छ । असार १० गतेकालागि डाकिएको नगरसभा नगरभित्रको गतिरोध अन्त्यसँगै एक महिनापछि संचालनमा आएको हो ।

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

नगर प्रमुख राजन मेहताले चौथो नगर सभाकाबीच ६८ करोड ७६ लाख ८८ हजार रुपैंयाको प्रस्तावित अनुमानित खर्च बिवरण पेश गरेका हुन् । सभालाई सम्बोधन गर्ने क्रममा नगर प्रमख मेहताले वार्षिक बजेट पार्टीगत स्वार्थ भन्दा माथि उठि समग्र नगर बिकास केन्द्रित अवधारणा अनुरुप सहमतिका आधारमा तयार पारिएको बताए ।

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

बजेटले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, सूचना प्रविधीको विस्तारका अलावा कला साहित्य र सामाजिक सुरक्षा तथा रोजगार सृजना गराउने जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

यस पटकबाट इनरुवा नगरमा यसअघि संचालनमा रहेका बहुवर्षिय योजनालाई क्रमागत योजनामा परिणत गरी अघि बढाउन लागिएको छ । नगरसभामा पेश गरिएको वार्षिक बजेटमा नगरका सबै दश वटै वडाकालागि चालु खर्च र क्रमागत समेत गरी १ करोड ९७ लाख रकम बिनियोजन गरिएको छ ।

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

Gepostet von Inaruwa Online am Freitag, 26. Juli 2019

तपाईको प्रतिक्रिया

trusted online casino malaysia