प्राचिन हरिद्वार मानिने सुनसरीको बराहक्षेत्र १ चतराधाममा दजर्नबढी संचारकर्मीहरुलाई सम्मान गरिएको छ। दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला मूल आयोजक समारोह समितिका तर्फबाट समितिका अध्यक्ष समेत रहनु भएका नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सम्मान गर्नु भएको हो ।

कुम्भ मेलाको प्रचार प्रसारमा पुर्याएको योगदान स्वरुप संचारकर्मीहरुलाई सम्मान गरिएको बराहक्षेत्र चतराधामले जनाएको छ। स्थानीय तहको विकास, पर्यटन प्रर्वद्धन र धार्मिक क्षेत्रको महिमाका साथै प्रचारप्रसारमा संचारमाध्यमले खेलेको भूमिका उलेखनिय रहेकाले कदर स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको जगद्गुरु बालसन्तले बताउनुभयो ।

वहाँले स्थलगत रुपमा खटिएर जनतालाई सूसुचित गराउन अग्रसर संचारकर्मीहरुकै कारण चतराधामको महिमा मूलुक सहित विश्वभर फैलिएझै कुम्भ मेलाको सफलतामा समेत संचारजगत र संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, वरिष्ठ पत्रकार कृष्णविनोद लम्साल, केशव घिमिरे, अविजाल विष्ट सहित जिल्लामा रहेका विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । चरतामा गएको चैत्र २३ गतेदेखि बैशाख २४ गते सम्म दोस्रो अर्धकुम्भ मेला आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia