इनरुवा। कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा एकसाथ ४४ चौपायाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका ६ र ९ को बीचमा पर्ने आरक्षको जंगल क्षेत्रमा २८ गाई र १६ गोरु मरेका भेटिएपछि आरक्ष सहित पशु प्राविधिकको टोलीले रगतको नमूना संकलन गरेको छ । पशु प्राविधिक रामनाथ पाठकका अनुसार चरिचरण क्षेत्रमा एकसाथ ठूलो संख्यामा गाईवस्तु मरेको भेटिएपछि सुनसरी प्रहरीसहित पशु चिकित्सकको टोली घटनास्थल पुगेको थियो ।

मरेका चौपायाको अवस्था हेर्दा एन्थ्रेक्स नामक रोग भएको हुन सक्ने आशंका गरिएको छ । पशु प्राविधिक रविन्द्र कोइरालाका अनुसार मरेका भेटिएका चौपायाको रगत नमूना संकलन गरी बिराटनगरस्थित ल्याबमा पठाउने तयारी गरिएको छ । एन्थ्रेक्स नामक रोग मानिसमा समेत सर्न सक्ने भएकाले पोष्टमार्टम नगरि रगतको नमूना परीक्षण मात्र गरिएको पशु प्राविधिक कोइरालाले बताए। आरक्ष कार्यालयले जनाए अनुसार आरक्ष भित्रको घाँसे मैदान भएको १ किलोमिटरको क्षेत्रभित्र ४४ चौपाया मरेका भेटिएका छन । यति धेरै पशु चौपाया मर्नुको कारण भने ल्यावको रिपोर्टपश्चात मात्र यकिन हुने आरक्ष कार्यालयका रेञ्जर सुमन काफ्ले बताएका छन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia