- चन्दन रौनियार

दुहबी। दुहबी इलाका प्रहरी कार्यालयले आयोजना गरेको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दुहबीमा सरुवा भइ प्रहरी निरीक्षक प्रबीण कार्की आएका हुन। परिच्यात्मक कार्यक्रममा दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले प्रहरी निरीक्षक कार्कीलाई स्वागत गर्दै शान्ति सुरक्षानै बिकासको आधार भएको धारणा राखेका हुन। नगर प्रमुख गच्छदारले दुहबी वासीको शान्ति सुरक्षामा कुनै कमि हुन न दिन सदैब सकारात्मक भएर लागि पर्ने समेत बताए।

भेटघाट कार्यक्रममा इ.प्र.का.दुहबीका निरीक्षक प्रविण कार्कीले दुहबी वासीहरुलाई मजवुत सुरक्षा प्रदान गर्नका लागि शान्ती सुरक्षाका विभिन्न रणनितिहरु अपनाउने बताए । सडकमा हुने अराजकता अनुशासनहिन गतिविधिदेखी सडक सुशासनका लागि संयुक्त रुपमा सुरक्षा नीति लागु गरिने प्रहरी निरिक्षक कार्कीले बताए । विष्फोटक पदार्थ नियन्त्रण, जुवाजन्य खेलहरु नियन्त्रण र निगरानी, चोरी तस्करी नियन्त्रण, खाद्यान्नको कृत्तिम अभाव र कालोबजारी उपर निगरानी, मदिराजन्य वस्तुहरुको विक्री तथा वितरणमा कडाई, चोरी लुटपाटका घटनाहरु हुन नदिन पूर्व तयारी र सर्वसाधरणहरुमा सचेतना अपनाउने सुरक्षा रणनीति रहेको प्रहरी निरिक्षक कार्कीले बताए ।

बजारमा हुने विभिन्न खालका गतिविधिहरुलाई निगरानी गर्नका लागि प्रहरीहरुलाई विभिन्न माध्यमबाट परिचालन गरी सर्वसाधरणहरुलाई सुरक्षा प्रदान गर्ने तयारी गरेकोसमेत यस क्षेत्रको शान्ति सुरक्षाकालागी अहोरात्र खट्ने प्रतिबद्धता जनाउदै स्थानीयको सहयोग जरुरी रहेको कार्कीले बताए। भेटघाट तथा परिच्यात्मक कार्यक्रममा जिसस सुनसरीका उप प्रमुख कृष्ण बिक,दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाह, समाजसेवि गुलाब चन्द रौनियार, हरिकिशुन डाँगा, शकंर थापा, समुदाय प्रहरी दुहबी अध्यक्ष दिलिप राई, दुहबी नगरपालिका १ देखि १२ वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधी, सुनसरी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक संतोष सिंह, स्थानिय संचारकर्मी लगायतहरुले जिज्ञासा सहित सुझाव राखेका थिए ।

तपाईको प्रतिक्रिया