संघीय मामिला तथा सामान्य प्रशासन मंत्री लालबाबु पण्डितले आफ्नो बिरोधमा उत्रनेहरुलाई मैदानमा आउन खुल्ला चुनौति दिनु भएको छ । पण्डितले आफ्नो बिरोधमा पुत्ला जलाउनेहरुलाई साहस भए मैदानमा आएर जनतासामू उभिन खुला चुनौति दिनु भएको हो । सरकारमा आफु काम गर्नकै लागि चुनिएकाले डर र त्रास देखाएर पण्डित थर्केला भन्ने दिवा स्वप्न नदेख्न समेत वहाँले विपक्षी र विरोधीलाई सुझाव दिनु भयो ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत जनश्रमदान सहित ५५ लाख लागतमा निर्माण गरिएको नमूना वस्ती हस्तान्तरणका लागि सुनसरीको इनरुवा ६ मधेशा पुग्नु भएका सामान्य प्रशासन मंत्री पण्डित सरकार र आफ्नो बिरोधमा उभिनेहरु प्रति कडा रुपमा प्रस्तुत हुनु भएको हो । एक फरक प्रशंगमा मंत्री पण्डितले स्थानीय तहमा लुट मच्चिएको भन्ने जनगुनासो बढेसँगै भ्रष्टाचारमा संलग्न धेरै नेताहरु समेत जेल जाने सम्भावना बढेको बताउनु भयो । अख्तियारले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले कमाउ धन्दामा लागेकाहरु जनताबाट बहिस्कारमा पर्ने देखि छिटै अख्तियारको फन्दामा पर्ने बताउनु भएको छ । मंत्री पण्डितले मधेशामा निर्माण गरिएका ३ कोठे घर स्थानीय परिवारलाई हस्तान्तरण गर्नु भएको छ । निर्माण कार्य उत्कृष्ठ भएकाले थप ७० लाख रकम विपन्न परिवारको आवास निर्माणकालागि उपलब्ध गराउने आश्वासन दिनु भएका मंत्री पण्डितले रकम फ्रिज गर्ने स्थानीय निकायलाई थप रकम उपलब्ध नगराउने समेत स्पष्ट पार्नु भएको छ ।

तपाईको प्रतिक्रिया