झुम्का। रामधुनी बचत समुह दोहा कतारबाट दुर्घटनामा परेका रामधुनी ६ बस्ने १२ बर्षीय बालक आयुष चौधरीलाई उपचारका लागी सहयोग रकम प्रदान गरीएको छ । रामधुनी नपा वडा नं.६, जौमुवा गाउ बस्ने पीडित बालकका अभिभावक हरहु चौधरीलार्ई उपचारका लागी सहयोग रकम ४० हजार एक कार्यक्रम बीच शनिबार पीडित हस्तान्तरण गरीएको छ ।

समुहको रामधुनीमा रहेका परीवारका सहयोगिहरु रामधुनी २ बस्ने बबिता चौधरी, ममता चौधरी, सुकमैन चौधरी, शर्मिला चौधरी, रमिता चौधरी, नीलम चौधरी लगायतले पीडित परीबारलाई सहयोग रकम हस्तानतरण गरेकी थिईन् । कार्यक्रममा रामधुनी नपा वडा नंं ९ का वडा सदस्य लक्ष्मी चौधरी, सम्झना चौधरी, सञ्चारकर्मी धिरेन्द्र कुमार चौधरी, निशान प्रकृति थारु लगायतका सहभागिता रहेको थियो ।

विपन्न परीवारका १२ बर्षीय आयुष चौधरी आफनै घरको आङनमा रहेको अम्बकको रुखमा चढेर फल टिप्न खोज्दा लडेर घाईते भएका थिए । बालकको मलद्धारबाट पेटसम्म बासको टुक्रा घोचिएको थियो । उनको धरान स्थित वीपि कोईराला स्वास्थय बिज्ञान प्रतिष्ठानमा उपचार गरीएको छ । कतारमा बैदेशिक रोजगारमा रहेका रामधुनीका मनोज चौधरी, दिलिप चौधरी, गुलाब चौधरी, पृथ्वीलाल चौधरी, उपेन्द्र चौधरी, महेश चौधरी, बिजय चौधरी, चन्दन चौधरी, अशोक चौधरी लगायत सुनसरीका ३३ जना संस्थामा आबद्ध रहेको छ । संस्थाले बिपदमा परेका नेपालीहरुलाई सहयोग प्रदान गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया