- अमर काफ्ले

इनरुवा। सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकामा श्रीमानको कुटाईबाट श्रीमतिको ज्यान गएको छ। बर्जु गाउँपालिकाको वडा नम्वर ५ मा प्रदीप कुमार यादवले कुटपिट गर्दा उनकी श्रीमति आनन्दी यादवको ज्यान गएको हो । घरायसी झगडाको विषयलाई लिएर प्रदीपले श्रीमती उपर हातपात गर्दै मरणाशन्न हुनेगरी पिटेका थिए । कुटपिटका कारण गम्भिर घाइते भएकी आनन्दीको उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । घटना पश्चात फरार रहेका प्रदीपको खोजि भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया